खेलकुद
दशौं धरान रनमा आज चार हजार बढी धावक दौडँदै
धरानः ‘शिक्षाका निम्ति च्यारेटी दौड’ भन्ने मूल नाराका साथ दशौँ धरान रन नेवा च्यारेटी १० के रन आज हुने भएको छ । यसपटक जनचेतनामूलक कार्यक्रम सहित पहिलो पल्ट व्हील चेयर रेस हुनेछ भने नेपालको राष्ट्रिय झण्डा बोकी विश्वभर नेपाललाई चिनाउने झण्डा अभियानकर्ता लक्ष्मीनारायण शिल्पकारको उपस्थिति हुने बताइएको छ । भारतको जल्पाईगुडीका सुन्दर जयसवालले धरान रनमा यस पटक खाली खुट्टा दौडने भएका छन् ।
४ हजार बढी धावकहरूले दौडने प्रतियोगितामा नेपाल, भारत, हङकङ, बेलायत, जर्मन, कतार आदि मुलुकबाट सहभागिता रहेको धरान रन समूहका अध्यक्ष रोमु राईले बताए ।
आयोजकका अनुसार यस पटक खुला समूहमा पहिलो, दोस्रो र तेस्रो हुने धावकहरूलाई क्रमशः ६० हजार, ५० हजार र ३० हजार रुपैयाँ प्रदान गरिनेछ । १२ वर्ष देखि मुनिका पहिलो, दोस्रो र तेस्रो हुने धावकहरुलाई क्रमशः ७ हजार, .५ हजार, र ३ हजार पुरस्कार दिइने भएको छ । १२ देखि १६ वर्षबीचक धावक, ४० वर्षदेखि माथिका धावकको भेट्रान दौडमा पनि पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार दिइने भएको छ ।
६० वर्ष माथिका धावकलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।
च्यारेटी प्रतियोगिताबाट सङ्कलित रकम अपाङ्ग असहाय महिला बालबालिकाको स्वास्थ्य र शिक्षाको लागि अक्षयकोष खडा गरी सहयोग गरिँदै आएको आयोजकले जनाएको छ ।
शनिबार बिहान ६ बजेर ४५ मिनेटमा ह्वील चियर रेस भानुचोकबाट शुरु गरिने भएको छ ।
त्यसपछि साढे ७ बजे १६ वर्ष उमेर समूहदेखि माथिका मेन इभेन्ट (१० किमि रन) हुनेछ । मेन ईभेन्ट सुरु भएको १० मिनेटपछि १२ वर्ष मुनिका बालबालिकाहरुको दौड हुनेछ । उनीहरुले भानुचोकदेखि दुर्गा चोकसम्म दौडिएर पुनः फर्किने रुट तय गरिएको छ । आयोजकले ४ वटा एम्बुलेन्स, दुई वटा स्वीपर बस र २ सय ५० भन्दा बढी स्वयम्सेवक प्रतियोगिताको लागि खटाएको जनाएको छ ।
धरान रनको मुख्य प्रतियोगिताको दौड बिहान भानुचोकबाट शुरु भई पुतली लाइन, दुर्गा चोक, बुद्ध चोक, रत्न चोक, मंगलबारे, कल्याण चोक, पानी टंकी, गणेशमान चोक, रंगशाला हुँदै जिरो प्वाईन्ट, अमरहाट, रेडक्रस भवन, हात्तीसार, विजयपुर चोक, पिण्डेश्वर मन्दिर, चिनियाँ चौक, पुरानो बजार देशीलाईन हुँदै पुनः भानुचोकमा आएर समापन हुनेछ ।
Facebook Comment
Banner
फुलह्याममाथि म्यानचेस्टर सिटीको फराकिलो जित, शिर्ष स्थानमा उक्लियो
फुलह्याममाथि म्यानचेस्टर सिटीको फराकिलो जित, शिर्ष स्थानमा उक्लियो
इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले फुलह्याममाथि शानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई ४-० गोल अन्तरले पराजित गरेको छ ।
Banner
आज – ३० बैशाख २०८१ आइतवार को राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन् ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज कुनै कुराले मन प्रसन्न रहने र मनमा खुसियाली बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पारिवारिक सद्भाव बढ्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तीर्थाटनको योग छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज जोशजाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) गरेको काममा ढिलासुस्ती हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जाला ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । शेयर बजार या ठूलो लगानी गर्नु जोखिमपूर्ण छ । बोलीको विपरीत अर्थ पनि लाग्न सक्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज समय मध्यम खालको छ । स्वास्थ्यमा खासै खराबी नआउला । आँटेका काम सबै पूरा नभए पनि नआत्तिकन काम गर्दा राम्रो हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल
Banner
गायक रवि ओड प्रहरी नियन्त्रणमा
वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए ।
जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।
प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login